दफा ४०
संयुक्त अनुसन्धान टोली गठन सम्बन्धी व्यवस्था; (१) विभागको प्रमुखले ऐनको दफा १४क
को उपदफा (३) र दफा १५ को उपदफा (२) बमोजिम संयुक्त अनुसन्धान टोली गठन गर्दा सम्बन्धित अनुसन्धान गर्ने निकायको प्रमुखसँग देहायका विषयमा परामर्श गर्न सक्नेछ:-

(क) /टोलीको नेतृत्व गर्ने कर्मचारी,

(ख) कसूरको प्रकृति र गम्भीरता अनुसार आवश्यक अनुसन्धान अधिकारी, सहायक अनुसन्धान अधिकृत वा सहयोगी कर्मचारी समेतको सङ्ख्या र विवरण,

(ग) अनुसन्धानमा खटिने कर्मचारीको विशेषज्ञता र कार्य अनुभव,

(घ) अनुसन्धान सम्पन्न गर्नु पर्ने समयावधि,

(ङ) अनुसन्धानको लागि आवश्यक साधन र स्रोतको व्यवस्थापन,

(च) अन्तर्राष्ट्रिय समन्वय र सहयोग आदानप्रदान,

(छ) प्रतिवेदन पेस गर्ने समय, प्रक्रिया, विषयवस्तु र निर्देशन सम्बन्धी विषय,

(ज) विशेष अनुसन्धान विधिको प्रयोग सम्बन्धी विषय,

(झ) अनुसन्धानसँग सम्बन्धित अन्य आवश्यक विषय।

(२) उपनियम (१) बमोजिमको - संयुक्त अनुसन्धान टोलीले सम्बद्ध कसूर र सम्पत्ति शुद्धीकरणको कसूरको अनुसन्धान गर्दा फरक फरक ऐन अन्तर्गतको काम, कर्तव्य र अधिकारको प्रयोग गर्नु पर्ने भएमा विभागको प्रमुखले त्यस्तो काम, कर्तव्य र अधिकारमा यथासम्भव दोहोरो नपर्ने गरी प्रयोग गर्न निर्देशन दिन सक्नेछ।